Friday, May 1News That Matters

दशैँ नजिक गाईघाटमा खुम्चियो यात्रुको चाप

पूर्णपुष्टि, २८ असोज ।
गाईघाट पिपलचोकमा रहेको उदयपुर गाईघाट यातायात प्रालिका संञ्चालन काँशिराज राईलाई बिगतको दशैँमा यात्रु व्यवस्थापन गर्न धौधौ हुन्थ्यो, सिट अभावमा यात्रुहरुको हानथापनै चल्थ्यो, तर यो पटक घटस्थापना लागि सक्दा पनि सबै गाडी खाली खाली नै काठमाण्डौँबाट फर्किरहेको छ।

पहिले त दशैँको बेला यात्रुहरुको फोन पनि उठाउँन भ्याँईदैनथियो, तर अहिले घटस्थापना लागि सक्यो यात्रुको फोन कुरेर बस्नु परेको छ । राईले भने, राईका अनुसार यो पटक घटस्थापना पछि मात्रै सामान्य यात्रुहरुको भिँडभाँड बढेको छ । “हामिले बिगतका दशैँहरुमा नाईट देखी नेपाल यातायात, स्कारपियो समेत बुक गरेर यात्रु ल्याएको रेकर्ड छ, तर यो साल त सानो गाडी समेतलाई यात्रु पुगेको छैन् । राईले भने, । लामो समयदेखी यातायात क्षेत्रमा लगानी गर्दै आएका मिन बहादुर बिश्वकर्माको दुई ओटा बस पहाडी इलाका खोटाङ चल्छ । उनले अन्य समयमा यात्रु नभए पनि दशैँमा आफ्नो बस भरिभराउ हुने कुरामा ढुक्क थिए । तर त्यो हुन सकेन । बिश्वकर्माका अनुसार खोटाङ १४ सय भाडा उठाएर खोटाङ चल्ने सवारीमा जम्मा ५ हजार ६ हजार बुकिङ छ, उनले भने, यसको मतलव ५ जना ६ जना यात्रुबाहेक गाडीमा छैन् ।

उनले गत बर्षको दाँजोमा यो बर्ष आफ्नो सवारीमा यात्रु सुन्य रहेको जनाए । कोरोना पछि खस्किदै गएको व्यवसाय पछिल्लो समय सामान्य सुधार भएपनि हाल फेरी ओरालो लागेको जनाए । विश्वकर्माले यस्तो अवस्थाको मुख्य कारण आर्थिक मन्दीलाई देखाएको छ । उदयपुरमा समग्र यात्रुको अवस्था ३० प्रतिशत पनि नभएको उनको दावी छ ।
यस्तै नमस्ते पञ्चधुरा यातायात प्रालिका संञ्चालक संजिव मगरले १५ दिन अगाडी चाप हुनु पर्ने सवारीहरु अस्तव्यस्त रहेको जनाए । मगरका अनुसार पहिलेको दाँजोमा यो बर्ष उल्लेखिए रुपमा यात्रुको चाप घटेको बुझाई छ । यात्रुको चाप घट्दा सबै गाडीहरु अहिले प्रयोगमा आउन नसकेको उनको भनाई छ । व्यवसायीहरुले यसको मुख्य समस्या आर्थिक मन्दीनै रहेको बताउँछन् । कोही व्यवसायीहरु भने सबैको आफ्नै साधन र धेरै सवारीहरुका कारण पनि यात्रुको चाप घटेको बताउँछन्