
पूर्णपुष्टि, भदौ १९
सुनसरी र खोटाङको दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
सुनसरीको दुहवी नगरपालिका–८ का ५० बर्षीय दिपक मगर भनिने चन्द्र थापामगर आफ्नै घरको छत सफा गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका थिए । मगरलाई उपचारको लागी टिचिङ अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का ३५ बर्षीय प्रकाश राईको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार बेलुका म्याखम खोला हाईड्रोपावरको पोलमा जम्पर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका राईको उपचारको क्रममा फेम्ली केयर अस्पताल दिक्तेलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । दुबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
