
पूर्णपुष्टि,वैशाख १७ । उदयपुरको सदरमुकाम गाईघाटमा ट्राफिक व्यवस्थापनका लागि त्रियुगा नगरपालिका वडा नं.११ ले १५ थान ट्राफिक स्टेन बोर्ड प्रदान गरेको छ । आईतवार वडाअध्यक्ष सुमन्त कोईरालाले बजार क्षेत्रमा अव्यवस्थित सवारी पार्कीङका कारण सडक दुर्घटना भएको भन्दै व्यवस्थित पार्न बोर्ड प्रदान गरेको हो । लापर्वाही पार्किङले सडक दुर्घट्ना मात्र नभै सडक समेत दुर्गधित देखिएको अध्यक्ष कोईरालाले जनाए ।

पछिल्लो समय गाईघाटको मेन चोक लगायत मानविय भिँडभाँड हुने आसपासका चौकहरुमा सडक अतिक्रमण गरी सर्वसाधरणहरुले सवारी साधन पार्किङ गर्दै आएपछि ट्राफिक प्रहरीले बजार क्षेत्रका भिँडभाँड स्थानहरुमा सचेतना मुलक बोर्ड सवारी रोक्न निषेध छ,सवारी पार्किङ्ग निषेध,बजार एरिया अधिकतम गति राख्दै आएको अवस्था छ ।
बढ्दो सावरी चापलाई नियन्त्रण गर्नको लागि बैंक लाईनमा एक तर्फ पार्किङ गर्न पाईने र अर्को तर्फ पार्किङ निषेध गरिएको हो । त्यस्तै रुमन मिनी मार्केट नजिकको चौक देखी मुख्य चोक हुँदै शुभलक्ष्मी चलचित्रहल सम्म दुवै तर्फका सडक पेटिकामा सावरी साधन पार्किङ निषेध गरिएको उदयपुर ट्राफिक ईन्चार्ज तथा बरिष्ट नायव निरिक्षक लोक बहादुर दियालीले बताए । उनले ट्राफिक नियमलाई उल्लघंन गर्ने सवारीलाई १ पटक परेमा ५ सय जरिवाना र सो भन्दा पढि परेमा क्रमस एक हाजर हुँदै १५ सय सम्मको जरिवाना तोकिएको बताए ।

अध्यक्ष कोईरालाले ११ नं वडा बजार क्षेत्रको अधिकांश एरिया पर्ने भएकाले दुर्घटनाको दृष्टीले बढी संवेदनशिल हुनु पर्ने जनाए । बजार एरियाका अव्यवस्थित पार्किङलाई सहयोग गर्न वडाले नो पार्किङ बोर्ड प्रदान गरेको जनाए ।


