
पूर्णपुष्टि, जेठ ८ । दाङको देउखुरी बहुमुखी क्याम्पसका प्रध्यापक तथा पूर्व क्याम्पस प्रमुख शेषमणी गौतमलाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । गौतमलाई लमही नगरपालिका ५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दाङका प्रहरी नायब उपरिक्षक (डिएसपी) राजनकुमारका अनुसार आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । पीडितले उजुरीपछि पक्राउ परेका उनलाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
