
पूर्णपुष्टि, असार १ । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सिक राउतले देशका समग्र युवाहरुको भविष्यको लागी मात्र १ करोड विनियोजन भएको बताएका छन् ।
उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयमा विनियोजन गरिएको बजेटले देश कता तिर गरिरहेको स्प्रष्ट देखिने र सानो बजेटको मन्त्रालय त्यसको योजना, किताब पनि पातलो त्यसमा भएका शब्दहरु झनै फितलो देखिएको उनले बताए । त्यो भन्दा अर्को कुनै नयाँ उद्योग खोल्ने वा पुराना उद्योग हरुलाई खुलाउने कार्यक्रम पनि नदेखिएको र कुनै योजना विहिन, भिजन र दृष्टि नभएको बजेट आएकोउनले बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको जिल्लामा मात्र ७१ प्रतिशत बजेट हालेको भन्दै असन्तुष्टि जनाएका थिए ।
‘बजेट ल्याएको होकि लुटिएको हो भन्ने कुरा अलि स्प्रष्ट देखिदैँन । यसो हेर्दा त बजेट लुटिउको जस्तो देखिन्छ । बजेट बनाएको हौन कि बजेट ल्याएको हौन बजेट लुटिएको स्प्रष्ट जस्तै देखिन्छ । जसरी बैंक लुट्दा खेरी चार यारहरुले बैंक लुटेर लग्छ नि त्यसरी बजेटलाई चार यारले लुटेर गएका जस्तो देखिन्छन् । बाटोमा लग्दा खेरी कतै खुद्रा पैसाहरु खस्दै गएको देखिन्छ र चारियारहरु मिलेर अन्ध्यारोमा गएर अनि बाडफाट गरेको जस्तौ स्प्रष्ट यो बजेटमा देखिन्छ । स्वभाविक नै हो यो सरकारले लुट्ने क्रम जारी नै राखेको छ’ उनले भने ।
‘उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयको एउटा लाईन मात्रै स्प्रष्ट हुन्छ, धेरै विश्लेषण गर्नै पर्दैन र त्यस्ले मात्रै देखाउछ देश कता तिर गरिरहेको छ । उद्योग मन्त्रालय त्यसै पनि सानो बजेटको मन्त्रालय त्यसको योजना, किताब पनि पातले त्यसमा भएका शब्दहरु त झनै फितलो देखिएको छ । आगामी कार्यक्रम घोषण हुने उद्योगीक ग्रामहरुको विकास तथा निर्माणको लागी १ करोड छुट्याईएको छ । हाम्रो समग्र युवाहरुको भविष्यको लागी छुट्याईएको रकम भनेको १ करोड हो । त्यो भन्दा अर्को कुनै नयाँ उद्योग खोल्ने वा पुराना उद्योग हरुलाई खुलाउने कार्यक्रम पनि देखिएको छैन । त्यस्तो खालेको समग्रमा यो प्रविधि मात्र कुरा गरे धेरै विश्लेषणमा जानै पर्दैन ।
कार्यक्रमका लागी राष्ट्रिय आयोजनाले डेढ अर्वको सिमा दिँदा अर्थमन्त्री ज्युले ५ अर्व १७ करोड विनियोजन गरिदिएका छन् । बजेट बनाउँदा निर्माण कर्ताहरुको ४ जिल्लामा मात्र ५१ प्रतिशत बजेट विनियोजन गरिएको छ । काग्रेस सभापतिको गृह जिल्ला डढेलधरामा मात्रै २१ प्रतिशत, अर्थमन्त्रीको गृह जिल्लामा नुवाकोटमा मात्रै १३ प्रतिशत, प्रधानमन्त्री ज्युको निर्वाचन क्षेत्र गोर्खामा ११ प्रतिशत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला ज्युको गृह जिल्लामा ६ प्रतिशत बजेट विनियोजन गरिएको छ । गत बर्ष काग्रेस सभापति ज्युको जिल्लामा १७ करोड बजेट विनियोजन भएकोमा यसपालि १० गुणा बढी अर्थात १ अर्व १० करोड विनियोजन भएको छ । अर्थमन्त्री ज्युको जिल्लामा पछिल्लो आर्थिक बर्षमा ७ करोड विनियोजन भएकोमा यसपालि १० गुणा बढी अर्थात ८६ करोड भएको छ । भौतिक पूर्वाधारमन्त्री ंज्युको जिल्लामा यस भन्दा अगाडी २ करोड मात्र विनियोजन भएकोमा यसपालि १५ गुणा बढी ३० करोड विनियोजन गरिएको छ भने अन्य सांसदको बजेटमा कुनै सुनुवाई नगरिएको अवस्था रहेको उनले बताए ।’
