Friday, June 12News That Matters

देशभर २७९ स्थानीय तहमा काँग्रेसको जीत : ४६ स्थानमा अग्रता

पूर्णपुष्टि, जेठ ६ गते ।
स्थानीय तहको निर्वाचन सम्पन्न हुँना साथ मतगणनाको कार्य देशभर धमाधम भइरहेको छ । मतगणना भएको आठै दिन सम्मको मत परिणम अनुुसार देशभर नेपाली काँग्रेसले ७५३ वटा स्थानीय तह मध्ये २७९ प्रमुहको सिट जितिसकेको छ । उप–प्रमुखमा पनि काँग्रेसनै अगाडी रहेको देखिन्छ । त्यस्तै, यता अग्रताको कुरा गर्ने हो भने देशभर ४८ प्रमुख तथा ४६ उप–प्रमुखमा काँग्रेसनै अग्रस्थानमा देखिन्छ ।
नेकपा एमालेले देशभरमा १७५ प्रमुख तथा १९६ स्थानमा उप–प्रमुखमा जीत हासिल गरेर दोस्रो स्थानमा रहेको छ । अग्रतामा भने २३ स्थानमा प्रमुख र उप–प्रमुखमा ४४ स्थानमा अगाडी रहेको छ । यता माओवादी केन्द्रले भने ११२ स्थानमा प्रमुख पदमा तथा उप–प्रमुखमा १२० स्थानमा जितेको छ । देशभरमा प्रमुुखमा १० स्थानमा र उप–प्रमुखमा ९ स्थानमा माओवादी अगाडी रहेको छ ।
त्यस्तै, जसपा नेपालले प्रमुखमा २० र उप–प्रमुखमा २० स्थानमा जीतेको छ । एकिकृत समाजवादीले १४ प्रमुख तथा १९ उप–प्रमुखमा विजयी भएको छ । लोसपाले ८ स्थानमा प्रमुख तथा उप–प्रमुखमा जीतेको छ । रापप्रपाले प्रमुखमा ३ तह तथा ४ स्थानमा उप–प्रमुखको सिट जीतेको छ । राष्ट्रिय जनमोर्चाले प्रमुखमा ४ स्थान तथा उप–प्रमुखमा ३ सिटमा विजयी भएको छ ।