
पूर्णपुष्टि, १५ कार्तिक ।
त्रियुगा नगरपालिका १५ बाँगेका युवा कृषक रुद्र राईले आफ्नो ७ बर्ष कृषि पेशामा बिताईसकेको छ । अनुदान बिहिन र कृषि तालिमहरुमा पनि उत्ति अवसर नपाउने रुद्रले कृषिमा ७ बर्षको अनुभव आफै बटुले ।
कसरी गर्ने के गर्ने भन्दै सुरुवात गरेको कृषि पेसाले अहिले सन्तुष्टि दिएको रुद्र बताउँछन् । उनले कृषिको थालनी यता चार बर्ष सम्म टमाटर, खोर्सानी लगायत अन्य तरकारी जन्य उत्पादनमा बढी जोड गरे । तर उनले सोचे जस्तो फाईदा लिन सकेन ।
रुद्रले उत्पाद परिवर्तन गरेर हाल मसलाजन्य उत्पादन धनियामा केन्द्रीद भएको छ । धनिया हेर्दा नपताउने उत्पादन हो । मसलाना हो कसरी बिक्रि गर्ने थोरै मात्रामा धनियाले बजार पाउँछ भन्ने आम कृषकहरुको बुझाई छ । जस्ले गर्दा कृषिमा धनिया लगायत मशला जन्य उत्पादनहरु कमै लगाउने गर्छ तर रुद्रले भने ठिक उल्टो गरेको छ । अन्य उत्पादन तरकारी र फलफुललाई कम मात्रामा लगाउने र बढी मात्रामा धनियाकै उत्पादन गर्दै रुद्रले आम्दानी बढाईरहेको छ ।

११ ओटा टनेलमा उनले सबै धनिया लगाएको छ । बाह्रैमास धनिया उत्पादनमा लागेका उनको बार्षिक ३ देखी ४ लाख सम्म धनिया बेचेरै आम्दानी हुने बाउँछन् । धनियानै किना त भन्ने प्रश्नमा धनियामा कम मेहनत र कम लगानी रहेको उनि बताउँछन् । केजीको २ सय देखी २२० सम्म बिक्रि गर्न सकिने हुँदा अन्य तरकारी जस्तो धेरै मेहनत छैन र खर्च पनि छैन उनले भने, । बिउ खरिदमा धेरै लगानी लाग्दैन अरुलाई जस्तो झन्जटका साथ रेखदेख गर्नु पर्दै रोप्नु र उखाल्न सहज अनि आम्दान पनि राम्रो ।
उनले यस्तो कुरा बुझेपछि ४ बर्ष पछि तत्काल कृषि उत्पादनमा परिवर्तन गरी धनियामा फोकस भएको जनाए । रुद्रको बारिमा कहिल्यै धनिया टुट्दैन । कुनै बेच्ने बेलाको भैसक्दा कुनै बेचिरहेको हुन्छ, कुनै भने बढ्दै गर्दा कुनै भर्खर उम्रिदै गरेको हुन्छ । बेच्दै गर्यो उत्पादन गर्दै गर्यो । १ टनेला बरावर ४० देखी ६० केजी सम्म धनिया उत्पादन हुने राईले सुनाए । आफ्नै ठाउँमा आफ्नै लगानीमा धनिया उत्पादनले माषिक ३० देखी ३६ हजार सम्म आम्दानी उनले लिँदै आएको छ । आफुले अन्य उत्पादनहरु गर्दै गरेको अवस्थामा उत्पादन बजार सम्म पुराउने क्रममा कसैले भने धनिया बेच्न पठाउँदा धनियाको मुल्य र धनियाको बिक्रि देखेर उनि पनि धनिया खेति तर्फ आकर्षित बनेका थिए । धनिया सँगै राईले खोर्सानी, प्याज, लसुन, टमाटर लगायतको उत्पादन गर्छ ।

