Friday, June 12News That Matters

धरानमा धारिलो हतियार प्रहारबाट एक युवको मृत्यु

पूर्णपुष्टि, जेठ १२ गते ।
धरानमा धारिलो हतियार प्रहारबाट एक युवको मृत्य भएको छ । ईलाका प्रहरी कार्यालय धरानका अनुसार धरानको वडा नं. ५ तल्लो देउरालीमा करिब ३०÷३५ वर्षको देखिने युवाको धारिलो हतिया प्रयोग गरेर उनको हत्या भएको छ ।
मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उनको शव आज बिहान करिब साढे ५ बजे तल्लो देउराली सुन्दर बस्ती छेउ सेउती खोला बगरमा भेटिएका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए ।
डिएसपी श्रेष्ठ भन्छन् म राती ११ बजे सम्म उपमेयर अइन्द्र बिक्रम बेघाको घर देखी धरान ५ को विभिन्न स्थल गस्ती गरिरहेको थिए । राती पानी पर्नु अघिको घटना भएको बताउँदै उनले भने हामीलाई लाग्छ धरान बाहिरका मानिसले त्यो घटना घटाएको हु सक्छ ।
शव भेटिएपछि डिएसपी श्रेष्ठ आफै अनुसन्धानमा पुगेका थिए भने वीपी प्रतिष्ठानको फोरेन्सिक विभागका डाक्टर, केनाइन शाखा धरानको ट्याकर डग ( लैला ) घटनास्थलमा पुगेको छ । पानी परेको हुनाले घटनास्थलको प्रमाण नष्ट भएको छ । लैला घटना घटेको स्थान देखी ६ किलोमिटर तल सम्म पुगेर फर्केको छ ।
मृतकको गर्धनको भागमा धारिलो हतियारले काटिएको, टाउको, शरीरको ढाँडमा समेत धारिलो हतियारले काटेको, घोचेर चोट बनाएको भेटिएको प्रहरीले जनाएको छ । मृतकको तस्बिर सार्वजनिक गर्दै धरान प्रहरीले उनको पहिचानमा सहयोग गर्न आग्रह पनि गरेको छ ।