Monday, April 20News That Matters

धादिङमा गुडिरहेको वसमा एक्कासी आगलागी

पूर्णपुष्टि, कार्तिक ७
सुर्खेत बाट काठमाण्डौँ तर्फ गईरहेको यात्रुवाहक वसमा एक्कासी आगलागी भएको छ । ना ६ ख १४७१ नम्बरको यात्रु बाहक बसमा आईतबार बिहान २ बजे धादिङको गजुरीमा आगलागी भएको हो ।
बसमा सवार यात्रुहरु भने सकुशल छन् । यात्रुका केही लगेज पनि जलेको छ । बस भने पूर्ण रुपमा क्षेती भएको छ । धादिङ प्रहरीका अनुसार गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको जानकारी दिए । बसभित्र धुँवा देखिएलगत्तै चालकले बस रोकेर यात्रुहरुलाई बाहिर निकालेका थिए । त्यसैले मानवीय क्षति हुन नपाएको प्रहरीको भनाइ छ । बसमा लागेको आगो प्रहरी र स्थानीय मिलेर निभाएका थिए ।