Friday, April 17News That Matters

नागरिक सर्बोच्चताका नेता थुलुङ श्रम संस्कृतीमा प्रवेश

पूर्णपुष्टि सम्बाददाता
गाईघाट । ४ चैत्र, २०८२
नागरिक सर्बोच्चता पार्टीका नेता उदयपुरको त्रियुगा नगरपालिका ११ का देवि थुलुङ राई श्रम संस्कृती पार्टीमा प्रवेश गरेका छन् । नागरिक सर्बोच्चता पार्टीबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारसमेत रहेका राईले पार्टी परित्याग गरी नयाँ पार्टी श्रम संस्कृती पार्टीमा प्रवेश गरेका हुन् ।
उनले श्रम संस्कृती पार्टीको विचार, सिद्धान्त र कार्यदिशा मन परेर प्रवेश गरेको बताएका छन् । उनलाई श्रम संस्कृती पार्टीका अगुवा श्रमदाता राजेश खिम्दुङले पार्टी प्रवेश गराएका हुन् । खिम्दुङ गत फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उदयपुर क्षेत्र नं. १ को प्रत्यक्षतर्फको उम्मेदवार हुन् ।
चुनावपछिको आज समिक्षा तथा श्रमदाता भेटघाट कार्यक्रमको अवसरमा थुलुङ पार्टी प्रवेश गरेको श्रम संस्कृती पार्टी त्रियुगा नगर कमिटि अध्यक्ष किसन राईले बताए ।
पार्टी प्रवेश संगै थुलुङले पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईको हरेक श्रमदान कार्यक्रम र पार्टीको विचार, सिद्धान्त अनुरुप अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले दार्चुलामा पुल निर्माणका लागि श्रीमती कल्पना राईको तर्फबाट एक हजार र आप्mनो तर्फबाट दुई हजार रुपैया आर्थिक सहयोगसमेत गरेका छन् । पुल निर्माण आर्थिक सहयोग र पार्टी प्रवेशमा श्रीमती र परिवारको विशेष आग्रहसमेत रहेको उनले बताए । थुलुङ नेपाल सरकारका सेवानिवृत अधिकृत हुन् ।