Saturday, June 20News That Matters

नाबालिकालाई ब्ल्याकमेल गर्ने युवक पक्राउ

पूर्णपुष्टि, साउन ८ । नाबालिकालाई फेसबुकमा साथी बनाई अश्लील फोटो र भिडियो पठाएर यौन क्रियाकलाप गर्न दबाब दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।

पीडित नाबालिकाकी आमाले साइबर ब्युरोमा उजुरी दिएपछि रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई हाल काठमाडौँ– २८ बागबजार बस्ने जेएच अजवानलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा चलाइएको छ र थप अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक दीपक राज अवस्थीले जानकारी दिए।