Monday, April 20News That Matters

निशुल्क आँखा शिविर सम्पन्न

पूर्णपुष्टि,असार ८ । मदन भण्डारी आँखा अस्पताल उदयपुरले त्रियुगा नगरपालिका ८ राजाबासमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । शुक्रवार वडा कार्यालय राजावारमा जननेता मदन भन्डारीको ७२ औ स्मृति दिवसको अबसरमा शिविरको आयोजना गरिएको हो ।

शिविरमा विभिन्न २०६ जना बिरामिहरुको आँखा जाँच गरिएको थियो । आँखा जाँचको क्रममा ५२ जना मोतियाबिन्दुको अपरेसन गर्नु पर्ने बिरामी पाइएको अस्पतालका अध्यक्ष भागवत राउतले बताए । उनका अनुसार बिरामीलाई जाँच गरी निःशूल्क शल्यक्रिया गरिएको जनाए ।

नेपाल नेत्र ज्योति संघ केन्द्रिय कार्यालय काठमाडौको समन्वय साथै आई केयर फाउण्डेशनको सहयोगमा शिविर सञ्चान गरिएको थियो ।