Wednesday, June 10News That Matters

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) उदयपुरका पूर्व जिल्ला सेक्रेटरी केदार राईको आपत्ति, तथ्यहिन आरोपको पुष्टि गर्न दिए चुनौती

पूर्णपुष्टि, मंसिर १२
नेपाल कम्युनिष्ट पार्टी (विप्लव) उदयपुरको संस्थापक सेक्रेटरी केदार राईले आफुमाथी लागेको भ्रम तथ्यविहिन आरोपको पुष्टि गर्न चुनौती दिएका छन् । राईले आफु पार्टीको एक इमान्दारी कार्यकर्ता र जिल्लाको संस्थापक पूर्व सेक्रटरीको नाताले पार्टीलाई सँधै योगदान पुराउने कुरामा कसर नराखेको भन्दै यस्तो काम गर्न आफुले कहिले नसोचेको हुँदा यस्ता तथ्यविहिन भ्रम सार्वजानिक गर्नु आपत्ति रहेको जनाएको छ ।

राईले पे्रस विज्ञाप्ती मार्फत भनेका छन, म जिल्लाको संस्थापक सेक्रेटरी पनि हुँ । कार्वाही गरेको भन्ने सम्बन्धमा भन्ने तथ्यविहिन, पूर्वाग्रही, अराजनितिक, चरित्रहिन, राजनितिक, संस्कारहीन विज्ञाप्ती प्रती जति निन्दा र भत्र्सना गर्द पनि कम हुन्छ, आर्थिक अनियमिता गरेको र गोप्य सूचना बाहिर लगेको भन्ने संगिन आरोपको पुष्टि गर्न आर्गह गर्दछु ।

उनले पार्टीको जिम्मेवार व्यक्तिहरुले गरेको सो आरोपको पुष्टि गर्न चुनौती दिँदै पुष्टि भएको खण्डमा सो कार्वाही सदर हुने जनाए । पार्टी र जनताको लागि संघर्ष गर्ने क्रममा आफु ६ महिना राज्यको कार्वाहीमा परेको र त्यस पश्चात इलाम जिल्ला इचर्ज हुँदै जनकपुर व्युरोमा काम गरेको बिज्ञाप्तीमा उल्लेख गरेको छ ।

राईले सम्बन्धित व्यक्तिहरुले आफुलाई फसाउने जालझेल गरेको र यस बिषयको पुष्टि गर्न चुनौती दिएको समेत बिज्ञाप्तीमा उल्लेख गरेको छ । अस्वास्थको बावजुत पनि पार्टीको सकरात्मक कार्यदिसा तर्फ आफ्नो ठुलो योगदान रहेको र पार्टीको अनुमति लिएर स्वतत्त्र अवस्थामा रहिरहँदा पछि पार्टीकै निर्णय अनुसार राष्ट्रिय जागरण मञ्चको केन्द्रीय सदस्यको जिम्मेवारी सँगै फेरी पार्टीमा फर्किएका राईले बिज्ञाप्तीमा उल्लेख गरेको छ । यो आफुलाई फसाउने षड्यन्त्रपूर्ण आरोप रहेको झुटो आरोपको रहेको भन्दै यस्ता सुचना र भनाईको पछि नलाग्न सबै कार्याकर्ता, पार्टीका जिम्मेवार व्यक्ति, बुद्धिजिवि, ब्यापारी सबैमा अनुरोध समेत गरेको छ ।