
पूर्णपुष्टि, ४ पुष ।
नेपाल टेलिकमले क्रिस मसको अवसरमा ५ हजार सम्मको पुरस्कार दिने सूचनाबारे टेलिकमले भ्रमको सूचना रहेको जनाएको छ । टेलिकमको कुनै पनि अफर र पुरस्कार नरहेको भन्दै सामाजिक संञ्जालमा फैलिएको कुरा सबै भ्रम रहेको जनाए । आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु। ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेकोु भन्दै गरिएको प्रचार झुटो भएको नेपाल टेलिकमको भनाई छ । नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको पाइएकोले यसप्रति सचेत रहन टेलिकमले सबैमा हार्दिक अनुरोध गरेको हो ।
‘कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्सलगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा बारेमा अद्यावधिक हुन सम्पूर्ण ग्राहकवर्गमा अनुरोध छ,’ प्रवक्ता हरि ढकालले भनेका छन् ।

