Wednesday, June 17News That Matters

नेपाल बिधुत प्रधिकरण कार्यालय खोटाङका कर्मचारीको करेन्ट लागेर मृत्यु

पूर्णपुष्टि, भदौ २०

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दित्तेल रुपाकोट मझुवगढी–४ का ४० बर्षीय नबिन्द्र राई रहेका छन् । उनि नेपाल बिधुत प्रधिकरण कार्यालय खोटाङको फ्युज सेवामा कार्यरत कर्मचारी हुन् ।हिजो बेलुका साढे ५ बजे राई तीनधारे स्थितमा बिधुतको पोलमा लत्रिएको तारलाई मिलाउने क्रममा करेन्ट लागेर घाईते भएका थिए । घाईते राईको स्थानिय सनराईज हस्पिटल बुईपामा उपचारको क्रममा मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट थप अनुसन्धान भईरहेको छ ।