Tuesday, June 9News That Matters

नेपालले ओमानलाई दियो ३११ रनको विशाल लक्ष्य

पूर्णपुष्टि, बैशाख ८ । एसीसी मेन्स प्रिमियल लिग क्रिकेटमा टस हारेर ब्याटिङ गरेको नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलको निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै नेपालले ओमानलाई विशाल रनको लक्ष्य दिएको हो ।

एकदिवसीय अन्तर्राष्ट्रियमा कुशले पहिलो शतक गरेका छन् । आजकै खेलबाट कुशलले एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाउने नेपाली खेलाडिको कीर्तिमान बनाएका छन् । कुशल मल्लले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गर्दै १०८ रन बनाएको हो ।

सोमपाल कामीले अर्धशतकीय पारी खेलेका छन्। उनले ४८ बलमा ९ चौकाको मद्दतमा ६३ रन बनाए। भीम सार्कीले ३३ रन जोड्दा आरिफ शेखले २९ रनको योगदान गरे। कप्तान रोहित कुमार पौडेलले २३ रन जोडे । ओमानका लागि आयन खानले सर्वाधिक दुई विकेट लिए ।