
पूर्णपुष्टि, मंसिर १३
नेपाली कांग्रेस उदयपुरको सभापतिमा कांग्रेस नेता तथा प्रदेश नं १ का भौतिक पूर्वधार विकास मन्त्री हिमाल कार्की बिजयी भएको छ । कार्कीले निर्वाचनमा ७६७ मत ल्याएर सभापतिमा बिजयी भएका हुन् । यता कार्कीका प्रतिद्धन्दी विदुर वस्नेतले भने ५८९ मत मात्र प्राप्त गर्दै पराजित भएका छन् । कार्कीको बस्नेतको भन्दा १७८ मत बढी आएको छ ।
जिल्लाको पूर्व सभापति समेत रहेका बस्नेत नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पुःन सभापतिका लागि प्रतिस्पर्धामा उत्रेका थिए । तर बस्नेतलाई चुनावी प्रतिस्पर्धा बाट हराउँदै ५ बर्ष सम्मका लागि कार्कीले सभापतिको जिम्मेवारी ओगेटेको छ ।
यता उपाध्यक्षमा बल बहादुर तामाङ र भिमचन्द्र राई बिजयी भएका छन् । उपाध्यक्ष पदका लागि तामाङले आफ्नो प्रतिद्धन्दी भक्त बहादुर राना मगर र राईले आफ्नो प्रतिद्धन्दी भोजराज खतिवडालाई हराउँदै उपाध्यक्ष पद सुरक्षित गरेका हुन् ।
तामाङलाई ६५८ मत प्राप्त हुँदा रानालाई ५८८ मात्र मत प्राप्त भएका थिए । यता राईको ७४७ मत आउँदा खतिवडाको ६०२ मात्र मत आएका थिए ।
यता सचिव पदमा पनि दुई जना निर्वाचित भएका छन् ।
मुरारी खड्का र राजेशचन्द्र श्रेष्ठ सचिव पदमा विजयी भएका हुन् । ४ जनाको सचिव पदमा उम्मेदवारी रहेका मध्य अन्य दुई जना शुशिल सेढाई र साङदोर्जे तामाङ सचिव पदमा कम मत ल्याएर हारेका छन् । सचिव पदमा खड्काको ६९५ मत र श्रेष्ठको ६८९ मत आउँदा सेढाईको ५५८ र तामाङको ६०० मात्र आएका थिए ।
त्यसैगरी सह–सचिव पदमा पनि दुई जना बिजयी छन् । बिजयी हुनेहरुमा चन्द्रदिप पौडेल र टिकाराम बुढाथोकी रहेका छन् । उनिहरुले आफ्नो प्रतिद्धन्दी बिजय कुमार सिंह र भेष राज थापा मगरलाई पराजित गर्दै बिजयी भएका हुन् । सह–सचिव पदका लागि पौडेलले ७१७ मत ल्याएका थिए भने बुढाथोकीले ७४५ मत ल्याएर बिजयी भएका छन् । यता सिंहको ५३३ मत र मगरको ५६८ मात्र मत आएका थिए । मुख्य मेजर फाईभका बिभिन्न पदका लागि १४ जनाले प्रतिस्पर्धा गरेका थिए । बाँकी अन्य पदका आदिवासी जनजाति, महिला, भुगोल गरी १ भन्दा बढी उम्मेदवारहरुले चुनाव भिडेका थिए ।
