Wednesday, June 10News That Matters

नेपाली युवकमाथि एसएसबीका जवानद्धारा कुटपिट, सम्सी नाकामा स्थानियको प्रदर्शन

पूर्णपुष्टि, चैत २ । महोत्तरीको सम्सी नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का एक जवानले नेपाली युवकमाथि कुटपिट गरेको छ । सम्सी गाउँपालिका–७ का सन्तोकुमार साहमाथि बुधबार अपराह्न साढे ५ बजेतिर (एसएसबी) का जवाले कुटपिट गरेका थिए । शाहमाथि दुर्व्यवहार र कुटपिट भएपछि सम्सी नाकामा साँझ स्थानियहरुले विरोध प्रदर्शन गरेका हुन् ।

नेपाली सीमा क्षेत्रबाट भारत प्रवेश गर्न खोज्दा एसएसबीले नेपाली नागरिकताको प्रमाणपत्र खोजेको विषयमा विवादहुँदा साहमाथि कुटपिट भएको स्थानियको भनाई छ । नेपाल तर्फको बाटो खराब भएकाले दशगजा क्षेत्रका नेपालीहरु भारतीय सडक हुँदै आउ–जाउ गर्दा सीमा क्षेत्रमा एसएसबीले पटक–पटक दुःख दिने गरेको गुनासो स्थानीयको छ ।

सशस्त्र प्रहरी गण सम्सीका इन्सपेक्टर जयराम बस्नेतले नेपाली युवकमाथि कुटपिट भएको विषयमा दुवै पक्ष बसेर छलफल गर्ने भनेपछि स्थानियले प्रदर्शन रोकेको र आज दुवै पक्षबिच छलफल हुने बताएका छन् । एसएसबीका जवानबाट बारम्बार कुटपिट र दुर्व्यवहारको घटना हुने भएकोले यस विषयमा अब हुने दुई देशको सुरक्षा बैठकमा समेत छलफल गरिने इन्सपेक्टर बस्नेतले जनाए ।