
पूर्णपुष्टि, १८ चैत्र ।
पत्रकारको हत्या र आक्रमण गर्नेमाथी कडा कानुनी कार्वाही र उचित क्षतीपूर्तिको माग सहित पत्रकार महासंघ उदयपुरले तिन दिन देखी विरोध गरिरहेको छ । बिरोधको तेस्रो दिन आज जिल्ला प्रशासन कार्यालय उदयपुरलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आन्दोलनको नाममा पत्रकारलाई निसाना बनाएर हिंसात्मक घटना गराईएको भन्दै प्रशासन मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाईएको हो । सोमवार महासंघका अध्यक्ष बक्ति विलाश पोखरेललको पत्रकार टोलीले सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम प्रसाद पाण्डेलाई पत्र बुझाएको हो ।
महासंघले भिडियो खिच्ने क्रममा ज्यान गुमाएको एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्यारालाई गहिरो अनुसन्धान गरी mौजदारी मुद्धामा कानुनी कार्वाही र उचित क्षेतिपूर्तिका माग राखेको छ यता हिमालयन टिभीको सवारी साधन फोड्ने, अन्नपूर्ण पोष्ट दैनिकको भवनमा आगो लगाउने तथा तोडफोड गर्ने, कान्तिपुर टेलिभिजनको भवनमा ढँुगा मुडा गर्ने, पत्रकार निरज तामाङको क्यामेरा हराएको र पत्रकार दिनेश गौतममाथी आक्रमण गरी खुट्टा भाँच्ने जस्ता क्रियाकलापमा संलग्न सबैलाई कार्वाहीको लागि माग सहित जिल्ला प्रशासन कार्यालय उदयपुर मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
