Wednesday, May 20News That Matters

पानी वितरणमा पहुँच, संस्थालाई ऋण मुक्त र महशुल घटाउन मेरो : उम्मेदवारी

पूर्णपुष्टि, ९ फागुन ।
त्रियुगा सानासहरी खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदको उम्मेदवार ओम खड्काले पानी उपलब्ध र संस्थालाई ऋण मुक्त बनाउन आफ्नो उम्मेदवारी रहेको जनाएको छ । हाल कार्यवाहक अध्यक्ष समेत रहेको खड्काले यहि फागुन २१ गते हुने संस्थाको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारी दिएका छन् ।

संस्थाको पूर्व अध्यक्ष समेत रहेका शंंकर बस्नेत, खड्काको प्रतिद्धन्दीको रुपमा खडा रहेको छ । आफुले संस्थाको नेतृत्व गर्न पाए सर्व प्रथम उपभोक्ताहरुलाई पानीमा सहजीकरण र बाँकी स्थानमा पानी वितरण गर्ने उनको भनाई छ । साथै संस्थाको ऋण मुक्त गर्दै त्रियुगा नगरपालिका वडा नं ९ र १० को सडक दायाँवायाँ रहेको जिर्ण पाईपहरुको ठाउँमा नयाँ पाईप विस्तार गर्न आफ्नो योजना रहेको खड्काले जनाए । ओभरहेट ट्याङ्की निर्माण गरी पानी उपलब्ध गराउन नसकेको ठाउँमा पानी वितरण गर्ने र बर्खा समयमा आउने धमिलो पानीलाई निर्मुल गर्ने आफ्नो मुख्य योजना रहेको बताए ।

उनले हाल नेपालभरीकै सस्तो दरमा वितरण गर्दै आएको पानीलाई थप सस्तो बनाउने जनाए । हाल यस संस्थाले एक युनिट बराबर १५० रुपयाँ पानीको महसुल उठाईदै आएको छ । यो नेपालभरीनै सबैभन्दा सस्तो पानी महसुल रहेको खड्को भनाई छ । यसलाई पनि थप सस्ताउने योजना सहित आफ्नो उम्मेदवारी रहेको खड्काले जनाएको छ ।  हाल १५ युनिट पानी वितरणमा २५ युनिट पुराउने र २५ युनिट पानीको महसुल सय रुपयाँमा झार्न पहलको लागि आफ्नो महत्वपूर्ण उम्मेदवारी रहेको जनाए ।