Tuesday, April 21News That Matters

पिकअफको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

पूर्णपुष्टि, माघ २०

झापा शिवसताक्षी  ३ का ३० बर्षीय राज कुमार खेमदेन लिम्बुको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । सोमबार  दिउसो सवा ३ बजे शिवसताक्षी (१ स्थित लामाबस्ती भित्री सडकखण्डमा मे १ ज १५२८ नम्बरको पिकअफ भ्यानले मे ६ प ५०६८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक लिम्बुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ठक्कर दिने पिकअफ नियन्त्रणमा लिईएको छ भने चालक तत्काल फरार रहेकोले उनको खोजी कार्य भईरहेको छ ।