
पूर्णपुष्टि, चैत्र १९ । जनता समाजवादी पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा (अन्सारी) ले शपथ लिएकी छन् । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित कानुन समितिको हलमा उनलाई शपथ ग्रहण गराएका हुन् ।
समानुपातिक निर्वाचनबाट सांसद बनेका रहमानको निधनपछि उनको स्थान लिएकी अन्सारीले आज सपथ लिएकी हुन् । उनि सप्तरी निवासी हुन् । २०७९ सालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट बन्दसूचीको मुस्लिम क्लस्टरको क्रमसंख्या २ मा उनको नाम समावेश थियो ।
