Wednesday, April 22News That Matters

प्रथम खुल्ला वडाकप फुटवल प्रतियोगिताको तयारी पुरा, उद्घाटन खेल भोलीबाट

पूर्णपुष्टि, १२ मंसिर ।
त्रियुगा नगरपालिका वडा नं १५ मा भोली बिहिबारदेखी प्रथम खुल्ला वडाकप फुटवल प्रतियोगिता हुँदैछ । त्रियुगा नगरपालिका १५ नं वडा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता हुने भएको हो । वडाको हुवास स्यालगैरी फुटवल खेल मैदानमा प्रतियोगिता हुने आयोक संस्थाले जनाएको छ । वडा खेलकुद विकास समितिका अध्यक्ष प्रयास राईका अनुसार खेलको अन्तिम तयारी पुरा भएको छ । प्रतियोगिता यहि मंसिर १३ देखी १५ गते सम्म हुने राईको भनाई छ ।

प्रतियोगितामा ८ ओटा टिम सहभागी छ । १३ गतेको उद्घाटन खेलमा मुक्तिनाथ युवा क्लव र निपाने युवा क्लव खेल्ने छ । यता भने १४ ओटा टिमले खेल्ने छ । यस दिन इलाभेट स्टार भर्सेस बरगाछी फुटवल क्लव, पन्चकन्या फुटवल क्लव र साउने फुटवल क्लवले खेल्ने छ । १५ गते फाईनल खेल खेलाईने छ । खेलको उद्घाटन त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईले गर्नेछिन् । प्रतियोगिताको बिजयी टोलीले नगद रु २५ हजार शिल्ड र प्रमाण पत्र पाउने छ भने उपविजेताले नगद रु १५ हजार शिल्ड र प्रमाण पत्र पाउने छ । साथै उत्कृष्ट गोल किपर र उत्कृष्ट खेलाडीले पनि नगद सहितको पुरस्कार पाउने छ । प्रतियोगितामा खेलप्रेमी, खेलाडी, स्थानीय तथा वडावासी सम्पूर्णलाई आह्वान गरिएको छ ।