Wednesday, May 27News That Matters

प्रदेश भरीकै बालबालिकाको नि:शुल्क उपचार हुन्छ : मुख्यमन्त्री कार्की

पूर्णपुष्टि, फागुन २ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बालबालिकालाई नि:शुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने बताएका छन् । दोस्रो प्रदेश महोत्सवको उद्धघाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश भरी नै १० बर्ष मुनिका बालबालिकालाई नि:शुल्क स्वास्थ्य सेवा प्रदान गरिने बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले भविष्यलाई हेरेर बालबालिकालाई बचाउने अभियानमा लागेको बताएका छन् । बालबालिकाको नि:शुल्क उपचारको लागी बजेट विनियोजन गरेको छु ‘मुख्यमन्त्री कार्कीले भने’ घर भित्र विकास पु¥याउने जिम्मेवारी सरकारको रहेकोले बाटोमा पुग्दै गरेको विकासलाई घरभित्र पु¥याएको हुँ ।

प्रदेश भरीकै बालबालिकालाई विशेषज्ञ सेवा प्रदान गर्न परेमा नि:शुल्क उपचार हुने मुख्यमन्त्री कार्कीले बताए । जिल्ला अस्पतालमा उपचार गर्ने परेमा पैसा नलाग्ने साथै औषधीको समेत व्यवस्था गरेको मुख्यमन्त्री कार्कीले बताए । जिल्ला अस्पतालबाट रेफर गरेर नोबेल अस्पताल, बिराट अस्पताल र दमकमा भएको बिशेष बालबालिकालाई मात्रै उपचार गरिने प्राईभेट अस्पतालमा समेत सम्झौता गरी प्रदेश भरीकै बालबालिकालाई नि:शुल्क उपचार उपलब्ध गराउने वातावरण बनाईएको बताए ।