Sunday, May 3News That Matters

प्रदेश मन्त्री सुनुवारलाई उदयपुर अस्पतालको मागपत्र पेश

पूर्णपुष्टि, २६ चैत्र ।
जिल्ला अस्पताल उदयपुरले कोशी प्रदेशका स्वास्थय मन्त्री प्रदिप कुमार सुनुवारलाई माग पत्र पेश गरेको छ । सोमवार उदयपुर अस्पताल निरिक्षणको क्रममा आएका मन्त्री सुनुवारलाई अस्पतालको बिबिध समस्याको माग पत्र पेश गरिएको छ । अस्पतालले तत्काललका लागि सय बेडको अस्पताल निर्माण, अक्सिजन तथा आईसीयुको व्यवस्थापन र कर्मचारी व्यवस्थापन लगायतको माग पत्र पेश गरिएको हो ।

अस्पताल व्यवस्थापन समितिको अध्यक्ष गौर बहादुर बिश्वकर्माले पछिल्लो समय जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको तर जनशक्ति भने घट्दै गएको जनाए । यसलार्य तत्काल व्यवस्थापन प्रदेश सरकारले गर्नु पर्ने उनले माग राखे । अस्पतालको अवस्था र व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन सके जटि प्रकारको बिरामी र धेरै बिरामीहरुलाई सेवा उपलब्ध गराउन सकिने उनले जनाए । मन्त्री सुनुवारले निरिक्षणको क्रममा आवश्यक रहेको पूर्वधार र जनशक्तिको व्यवस्थापन गर्न पहल गर्ने जनाए । उनले मानव स्वास्थ्य सँग जोडिएको अस्पतालमा सरकारको पूर्ण लगानी हुनु पर्ने जनाए । उदयपुर अस्पताललाई प्रदेश सरकारले गर्न सक्ने सबैखाले सहयोगहरु पुरा गर्दै जाने जनाएको छ ।