Wednesday, June 10News That Matters

प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपाललाई

पूर्णपुष्टि,चैत्र १७ । प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ । शुक्रबार दशरथ रंगशालामा भएको फाइन खेलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि हात पारेको हो ।

प्रतियोगितामा नेपालका लागि आयुष घलान र मनिष डाँगीले गोल गरे । खेलमा लाओसले पहिले अग्रता लिएको थियो । खेलको १७ मिनेटमा लाओसले गोल गरेको थियो । फौथाभोङ साङभिलेको गोलबाट लाओसले अग्रता लिएको थियो । खेलको सात मिनेटपछि नेपालले बराबरी गोल फर्कायो । २४ मिनेटमा आयुषले गोल गरेको गोल उत्कृष्ट बने । उनलाई एरिक विष्टले डिबक्समा पास मिलाएका थिए ।

नेपाल र लाओससहित भुटान सहभागी प्रतियोगिताको लिग चरणमा नेपाल शीर्ष स्थानमा र लाओस दोस्रो हुँदै फाइनल पुगेका थिए । लिग चरणमा नेपालले पहिलो खेलमा लाओसलाई २–० गोलले हराएको थियो। नेपालले दोस्रो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो। त्यसअघि भुटानलाई लाओसले २१ गोलले हराएको थियो।