Monday, May 4News That Matters

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराई विरुद्धको रिटकको सुनुवाई आज

पूर्णपुष्टि, जेष्ठ ३० । प्रधानमन्त्री पुष्प कमल दाहाल (पचण्ड) र डा बाबुराम भट्टराई बिरुद्ध दायर रिटमा आज मंगलबार सुनुवाई हुँदैछ । तत्कालीन नेकपा माओवादी नेतृत्वमा भएको सशस्त्र संघर्षमा बाल सेना प्रयोग गरेको भन्दै पूर्वअयोग्य लडाकु लेनिन विष्ट र कृष्णप्रसाद दंगाललगायतले आईतबार सर्वोच्च अदालतमा प्रचण्ड र बाबुरामविरुद्ध मुद्धा दर्ता गराएका थिए ।

त्यस रिटमाथि आज सुनुवाइ हुन लागेको हो । उनिहरुले तत्कालीन ‘जनयुद्ध’का सुप्रिमो प्रचण्ड, डा. भट्टराई र त्यसका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग लगायतलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका छन्।

जनयुद्धपछि विस्तृत शान्ति सम्झौता भएको १६ वर्षसम्म आफुहरुले न्याय नपाएको र बाल सेनाको पहिचानसमेत नभएकाले पहिचान दिई परिपूरण क्षतिपूर्तिको माग गरेका छन् ।