Sunday, May 3News That Matters

प्रविन राईको दुई गोलमा आयोजक समुह ‘बि’ विजयी, आयोजक ‘ए’ माथि राजावासको ५ गोल

पूर्णपुष्टि, बैशाख २४ । शनिवारबाट जारी प्रथम स्वर्गिय दिपक राई (दोर्पाली) स्मृति फुटवल प्रतियोगिताको तेस्रो दिनको खेलमा आयोजक साकेला समुह ‘बि’ र सगरमाथा बुटबल क्लब राजावास बिजयी बनेको छ ।

सोमवार इलाभेन स्टार फुटबल क्लब बरघट्टालाई २–० गोल अन्तरले हराउँदै आयोजक समूह ‘बि’ बिजयी बनेको हो । आयोजकको तर्फबाट जर्सी नं ६ का प्रविन राईले दुई गोल गरे । उनले खेलको दोस्रो हाफमा २ गोल गरेका हुन् ।यस्तै पहिलो चरणमा भएको सगरमाथा फुटबल क्लब राजावास र आयोजक साकेला समुह ‘ए’ बिचको खेलमा भने राजावासले ५ गोल गरेको छ । सगरमाथा फुटबल क्लब राजावासको तर्फबाट जर्सि नं. ७ का अविशेक अधिकारीले ह्याट्रीक गरे । उनि सँगै जर्सि नं १० का सनम राई र जर्सि नं ११ का दिपेश श्रेष्ठले १–१ गोल गरे । खेलमा पहिलो प्रतियोगताको म्यान अफ दी म्याच सगरमाथा फुटबल क्लब राजावासका अविशेक अधिकारी भए भने दोस्रोमा आयोजक साकेला समुह बि का प्रविन राई भएका छन् ।