
पूर्णपुष्टि, फागुन २४ ।दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् । उनलाई प्रहरीले भरतपुरबाट नियन्नत्रणमा लिएको छ ।
थापालाई मंगलबार मालपोत कार्यालय नजिकै रहेको चिया पसलबाट जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले पक्राउ गरेको हो । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।
प्रसाईंले धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा देशका विभिन्न ठाउँमा सभा गरी कालोमोसो दस्ता बनाएका छन् । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिएको भन्दै प्रहरीले शाहालाई पक्राउ गरेको हो । उनीमाथि अभद्र व्यवहारको मुद्दा दर्ताको तयारी गरिएको छ । उक्त अभियानले भने थापाको रिहाइको माग गरेको छ।
