Thursday, May 21News That Matters

प्रेस युनियन उदयपुरको छैटौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः पर्शुराम थापा निर्वाचित

पूर्णपुष्टि,असार २ । नेपाल प्रेस युनियन उदयपुरको छैटौ जिल्ला अधिवेसन सम्पन्न भएको छ । शनिवार त्रियुगा नगरपालिका १५,डहरमा अवस्थित रमिते डाँडामा सम्पन्न अधिवेशनले पर्शुराम थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति समेत सर्व सहमति चयन गरेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा विश्वराज तामाङ, उपाध्यक्ष यमुना आलेमगर, सचिव अस्मिता पौडेल, सह–सचिव किरण प्रसाद ढुंगाना र कोषाध्यक्षमा मनोज श्रेष्ठलाई सर्वसहमत चयन गरिएको छ ।

यस्तै खुल्ला सदस्यमा दिपक राउत, भरत बोहोरा, सुमन सागर खतिवडा र संजिव कुमार चौधरीलाई चयन गरिएको छ । आदिवासी जनजाती सदस्य अमित तामाङ, कुसुम लामा तामाङ, खुल्ला महिला सदस्य यसोधा पोखरेल, अनिता कार्की, मधेश सदस्य मिथुन ठाकुर, र अन्य सदस्यहरु बिज्ञान पराजुली, खेमराज दाहाल, सन्जिब कुमार चौधरी, पुस्प दनुवार र सन्तोस रौनियार रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा पूर्व भौतिक पूर्वधार मन्त्री हिमाल कार्की, पूर्व संघीय संसद प्रमिला राई, त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेत, वडा ११ का अध्यक्ष सुमन्त कौराला लगायत अन्य बिभिन्न प्रेस संगठन संग आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।