Saturday, April 18News That Matters

प्रेस सेन्टर उदयपुरले मनायो कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवस

पूर्णपुष्टि, १३ जेष्ठ ।
उदयपुरमा २३ औँ कृष्ण सेन इच्छुकको स्मृति दिवस मनाईएको छ । मंगलबार नेपाल पत्रकार महासंघको सभाहलमा गणतन्त्र र जनपक्षीय पत्रकारिता सम्बन्धी अन्तर सम्वाद सहित स्मृति दिवस मनाईएको हो । बरिष्ठ पत्रकार कौशल चेम्जोङको प्रमुख आथित्यमा भएको अन्तर सम्वादमा कृष्ण सेन जनपक्षिय र गणतन्त्रवादी पत्रकारको रुपमा रहेको स्मरण गरिएको छ ।

आजकै दिन जेष्ठ १३ गते कृष्ण सेनलाई राज्यले बेपत्ता बनाएको जनाएको छ । निष्पक्ष पत्रकारिताको क्रममा राज्यबाट बेपत्त भएको सेनको खोजी कार्यमा सरकार लाग्नु पर्ने संवादमा कुरा उठेको छ । महान सहित पत्रकार तथा साहित्यकार समेत रहनु भएको सेनलाई हरेक बर्ष प्रेस सेन्टर नेपालले बिभिन्न कार्यक्रम गरी सम्झीने गर्दछ । सोही अनुरु प्रेस सेन्टर नेपाल उदयपुरको आयोजनामा स्मृति दिवस मनाईएको हो ।