Friday, June 5News That Matters

फरक पार्टीका वाँगालाई चुनावको मुखैमा सांसद किरातीको शुभकामना

पूर्णपुष्टि, बैशाख २३
‘‘हाम्रो रक्त सम्वन्ध एउटै हो तर हामी विचारमा नितान्त फरक हौ, सामाजिक सम्वन्ध र सद्ध्भाव सधै कायम रहने छ । ‘वाँगा’ (काका) लाई शुभकामना छ । आज अचानक चु्नावी अभियानमा भेट ।’’ यो भनाई जस्ताको तस्तै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको नेता तथा सांसद सुदन किरातीले फेसवुक वालबाट साभार गरेको छ ।

रक्त सम्वन्ध एउटै भएपनि फरक पार्टीका भएका कारण किरातीले काका साइनोका बलराम राईलाई शुभकामना दिएको हो । राई एमाले बाट रामप्रसाद राई गाउँपालिकाको अध्यक्ष उम्मेदवार छन् । विचार नितान्त फरक तै पनि एकापसमा सद्भाव सधै कायम रहने भन्दै एक तास फोटो सहित फेसबुकको वालमा वाँगालाई किराँतीले सुभकामना दिएको हो ।

सो पालिकामा एमाले बाट बलराम राई र गठबन्धन बाट माओवादीका थाम वहादुर राईले चुनाव लड्ने छन् । किराती माओवादि केन्द्रको केन्द्रीय नेता तथा सांसद हुन् ।
रामप्रसाद राई गाँउपालिका साँसद किरातीको पनि गृहपालिकै हुन् । उसो त वाँगा र सांसद किरातीको ससुराली पनि एकै ठाउ रहेको छ । वाँगा दिदिको श्रीमान हो भने सांसद किराती बहिनीको श्रीमान रहेको हुन् ।
यसरी हेर्दा पार्टी र विचार फरक भएतापनि संवन्ध राम्रो रहेको जनाउदै सांसद किरातीले चुनावको मुखैमा दिएको शुभकामनाले विशेष अर्थ राख्न सक्ने बुझिन्छ । स्थानीयका अनुसार बाँगा भोजपुरमा राम्रो माहौल रहेको र उनी त्यस ठाउको प्रतिष्ठित समाजसेवीको रुपमा परिचित रहेको बुझिएको छ ।

यसको अलावा वाँगा २०४६ सालबाट राजनैतिक र सामाजिक र गैरसरकारी अभियानताको रुपमा समेत सक्रिय रहदै आएको छ । उनी गैर सरकारी संस्था महासंघ भोजपुरको अध्यक्ष र प्रदेश सदस्य समेत हुन् ।