
पूर्णपुष्टि, वैशाख ३१ गते ।
अर्काको नाममा फर्जी मत हालेको अभिायोगमा जनकपुरधामबाट एक जना युवक पक्राउ परेको छ । शुक्रबार जनकपुरधाम उपमहानगरपालिका– १४ स्थित ग्रामीण विकास प्रशिक्षण केन्द्रको मतदान केन्द्रमा अर्काको नाममा मतदान गरिरहँदा जनता समाजवादी पार्टी नेपालबाट वडा सदस्यकी उम्मेदवार शिवदेवी सादा मुसहरनीको २० वर्षीय छोरा अमलेश सदालाई धनुषा प्रहरीले पक्राउ गरेका छन् । मतदान केन्द्रमा फर्जी मत खसाइरहेको अवस्थामा वडा सदस्य सादाका छोरा पक्राउ गरेको धनुषा प्रहरीले बताएको छ ।
