Tuesday, June 9News That Matters

फिल्म आफ द इयर ‘आरआरआर’ लाई

पूर्णपुष्टि, फागुन ९ गते । सोमबार साझँ मुम्बईमा आयोजित ‘दादा साहेब इन्टरनेशनल फिल्म फेस्टिवल अवार्ड’ मा आरआरआर ‘फिल्म आफ द इयर’ घोषित भएको छ । एसएस राजमौलीको फिल्म आरआरआरले ‘फिल्म आफ द इयर’ प्राप्त गरेको छ भने ‘कश्मीर फाइल्स’ बेष्ट फिल्म घोषित भएको छ ।

त्यस्तै ‘गंगूबाई काठियावाड़ी’ अभिनयका कारणले अभिनेत्री आलिया भट्टले सर्वक्षेष्ठ अभिनेत्री र ‘ब्रह्मास्त्र’को कारण रनवीर कपुर सर्वश्रेष्ठ अभिनेता चुनिएका हुन् । सो कार्यक्रममा ‘कान्तारा’ अभिनेता ऋषभ शेट्टी सर्वश्रेष्ठ प्रामिसिङ्ग अभिनेता घोषित भए ।

वरुण धवनको ‘भेडिया’को लागि क्रिटिक्स बेस्ट एक्टर अवार्ड गरियो । अनुपमखेरको कश्मीर फाइलको लागी मोस्ट भर्र्सटाइल एक्टर छानिएको कार्यक्रममा फिल्म अभिनय योगदानको लागि अभिनेत्री रेखालाई सम्मान समेत प्रदान गरिएको थियो ।