
पूर्णपुष्टि, १५ कार्तिक ।
त्रियुगा नगरपालिका १५ हुवास स्यालगैरीमा रहेको पुरानो फुटवल खेल मैदानलाई मर्मत संभार गरिएको छ । लामो समयदेखी बजेट अभावले अलपत्र परेको उक्त खेल मैदानलाई वडा सरकारको पहलमा मर्मत संभार गरिएको हो । वडा सदस्य डम्वर बहादुर राईका अनुसार खेल मैदानका लागि ६८ सालमै जग्गा खरिद गरिएको थियो । त्यो बेला खाँवु गाविस हुँदा गाउँ परिषदको सर्व दलिय बैठक बाट फुटवलका लागि खेल मैदान भनेर बजेट छुटाएर जग्गा खरिद गएिको थियो ।
त्यस यता फेरी ६९ सालमा ३० हजार बजेट बिनियोजन गरी मैदान सम्म आउने बाटो ल्याईयो र फेरी अर्को पटक थोरै बजेटले मैदानलाई सम्माउने काम भयो । त्यस पछि संघियता आयो संघियताले तिन तहको सरकार खडा गर्यो, त्यस पश्चात त मैदानले पूनर्जिवन पाउनेमा स्थानियहरु निकै आशावादी भए तर सोचे जस्तो काहाँ हुदोरहे छ र तिन तहको सरकार पछि त झनै बजेट बिहिन बन्यो खेल मैदान ।
१३ बर्ष देखी अलपत्र मैदानलाई त्रियुगा नगरपालिकाको जनता सँग उपमेयर कार्यक्रमले थोरै भएपनि जिवित बनाउन सक्यो । वडा अध्यक्ष गणेश तिमिल्सिनिा सहितको वडा सरकारले उक्त मैदानको लागि बजेट माग गरे । सोही मागलाई सम्बोधन गर्दै उपमेयर महेश्वरी राईले २ लाख बजेट खेल मैदानलाई छुटाईदिए । त्यो सँगै वडाका बुद्धिजिवि, युवा, समाजसेवी राजनितिककर्मि, शिक्षक लगायतले पनि सो इच्छाले रकम सहयोग गरे । जनता सँग उपमेयरको २ लाख र सहयोगी दाताको रकमबाट हाल सर्मत संभारको काम अन्तिम चरणमा पुगेको छ । मैदानलाई सम्माउने तथा वरपरको डाँडाँहरुलाई सुधार गरिएको छ । चौघेरा बनाई व्यवस्थित गरिएको छ ।
चारै पाटा मिलाईएको छ भने लम्वाईलाई पनि थप सुधार गरिएको छ । अव यो मैदानमा सहज तरिकाले खेल्न सकिने भएको छ ।

वडा स्तरीय प्रतियोगिताहरु अब सहजै हुने भएको छ । स्थानीय युवा तथा खेलाडी सम्भु राईले मैदान व्यवस्थितले खुशी भएको जनाए । घरेलु मैदानको अभावले आफुहरु बाहिर गएर सिक्ने र खेल्नु पर्ने बाध्यता हटेको राईले जनाए । मैदान मर्मत संभारले विस्थापित खेलाडीहरु पून ः फर्काउने राईको बुझाई छ । अब भने यस मैदानमा नियमित सिक्ने र प्रतियोगिताहरु गर्न सकिने उनको भनाई छ । पछिल्लो समय पुरुष मात्रै हैन महिला पनि फुटवलमा आकर्षित बनेको उनले जनाए ।
खेलकुदमा भाईबहिनीहरुको इच्छा बढ्दै गएपछि खेल मैदानको आवश्यक रहेको महशुस गर्दै मैदान निर्माण हुनु पर्ने वडा सदस्य राईको बुझाई थियो । सोही अवस्थामा राईलेनै वर्तमान एन्फा महासचिव किरण राईलाई पहिलो पटक खेल मैदानमा लगेर हेराए । उनले हेरेर बजेट छुट्टाउने आश्वासन पनि दिएका थिए । तर त्यो काम भने महासचिव राईले गर्न सकेन । त्यस पश्चात फेरी संघिय सांसद हिमाल राईलाई लगेर देखाए । सांसद राईले पनि आश्वासन मात्रै देखाए । त्यस एता एमाले नेता भागवत राउत र कांग्रेस नेता सरोज बस्नेतलाई समेत लगेर बजेटको लागि ध्यानाकर्षण गराईयो तर सबैले आशा बाँडे तर निराशा बनाए । त्यस पश्चात वडा सरकारको पहलमा सानो बजेटमै मैदानको सामान्य मर्मत संभार गरिएको सदस्य राईले जनाएको छ । अझै पनि बजेटको प्रसस्त अभाव रहेको हुनाले सम्बन्धित निकायहरुले बजेट छुटाउन स्थानीयहरुले माग गरेको छ ।

