Monday, April 20News That Matters

बर्षा भएसँगै ह्वात्तै बढ्यो जाडो

पूर्णपुष्टि÷गाईघाट, कार्तिक १३ । गएराति बर्षाभएसँगै उदयपुरमा ह्वात्तै जाडो बढेको छ । कार्तिक महिना आधा भईसक्दासम्म गर्मीले सताईरहेकोमा बुधबार रातीको बर्षातले चिसो बढाएको हो ।

सदरमुकाम गाईघाट बजारमा आज चिसो बढेसँगै मानिसहरु कमै निस्किएका छन् । निस्केकाहरु पनि बाक्लो लुगाका साथ निस्केका छन् । जाडो बढेसँगै रहनसहनमा परिवर्तन आएको छ । यो वर्षको सुरुवात यसै वर्षात संगसंगै भएको छ ।