Thursday, May 7News That Matters

बायर्न च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश

पूर्णपुष्टि, फागुन २५ । जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन लिगको क्वाटरफाईनलमा प्रवेश गरेको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ०–२ गोल अन्तरमा हराउँदै बार्यन क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

पिएसजीको घरेलुु मैदानमा भएको पहिलो लेगमा बार्यनले ०–१ को जित हात पारेको थियो भने समग्रमा बार्यनले ३–० को जित निकालेको हो । बार्यनको घरेलु मैदानमा बुधबार राति भएको दोस्रो लेगको पहिलो हाफमा दुबै टोलीले गोल बिहिन बराबरी खेलेको थियो । बार्यनका लागी दोस्रो हाफको ६१औं मिनेटमा एरिक म्याक्सिम चौउपो मोटिङ र ८९ औं मिनेटमा सर्ज जीनाब्रीले गोल गरे ।