
पूर्णपुष्टि, जेठ २४ । बालयौन दुरुपयोग गरेको आरोपमा इन्स्पेक्टर विदुर शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत शिवाकोटी बिरुद्ध बालयौन दुरुपयोग गरेको आरोप छ ।
उनिमाथि अनुसन्धान गर्नुपर्ने भएको हुनाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । प्रहरी वृत्त सोह्रखुट्टेबाट केही दिनअघि सरुवा भई इन्टेलिजेन्स शाखामा कार्यरत रहेका शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको छ ।
