
पूर्णपुष्टि, भदौ २७ गते ।
बिराटनगर–६ बाट १ सय २० लिटर अबैध घरेलुमदिरा एक युवक पक्राउ परेको छ । अबैध मदिरा बेचबिखन गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले सोही स्थानका शुक्रराज राईलाई पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ एहजार ६ सय लिटर कच्चा पदार्थ, मदिरा बनाउन प्रयोग गरिएको भाँडा ३२ वटासहित राईलाई नियन्त्रणमा लिईएको हो ।
नियन्त्रित राईलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

