
पूर्णपुष्टि, बैशाख २
नेपालको चर्चित गायीका मेलिना राईले बिवाह गर्ने भएकी छिन् । उनले चर्चित गिटारिस्ट तथा एरेन्जर सन्जीव बराईली सित विवाह गर्न लागेको खुलेको छ । उनले आफ्नो आधिकारिक सामाजिक संञ्जालमा इन्गेजमेन्टको फोटो राख्दै विवाहको संज्ञा दिएकी छिन् ।

मेलिना र सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट भने गरिसकेका छन् । इन्गेजमेन्ट गरेको तस्वीर भने मेलिनाले शुक्रबार मात्रै सामाजिक सञ्जालमा सेयर गरेकी हुन् ।
आफूहरु चाँडै विवाह गर्ने तयारीमा रहेको र इन्गेजमेन्ट भने दुई वर्षअघि नै गरेको मेलिनाले जानकारी दिइन् । ‘दुई वर्षअघि नै इन्गेजमेन्ट भएको हो, अहिले सार्वजनिक मात्रै गरेको हुँ,’ मेलिनाले भनिन्, ‘यसै वर्षभित्र विवाह पनि गर्दैर्छौं ।’सञ्जीव चर्चित गिटारिस्ट तथा एरेन्जर हुन् भने मेलीना नेपाली संगित क्षेत्रकी पछिल्लो समय उदाउँदो तारा हुन् ।
