Tuesday, April 21News That Matters

बेमौसमी तरकारी उत्पादन बारे कृषकहरुलाई ६५ दिने अभिमुखीकरण तालिम

पूर्णपुष्टि,जेष्ठ ३२ । समृद्ध नेपालको आयोजना र ओरेक नेपालको समन्वयमा कृषकहरुलाई बेमौसमी तरकारी उत्पादन तालिम प्रदान गरिएको छ । झण्डै दुई महिना अगाडीबाट सुरु भएको उक्त तालिम बुधबार सम्पन्न गरिएको हो । तालिमम सम्पन्न सँगै सहभागी कृषकहरुलाई कृषक विवरण समेत प्रदान गरेको छ ।

तालिममा त्रियुगा नगरपाकिला भरीका बिभिन्न वडाहरुका २० जना सकृया कृषक साथै विभिन्न कृषी समूहरु रहेको थियो । समापन कार्यक्रममा कृषी सम्बन्धी प्रयोगात्मक अभिभ्यास गराई कृषि सम्बन्धी विवरणको नोट बुक वितरण गरेको ओरेक एसोसियट कृषि अधिकृत प्रीयँका राईले बताईन् । उनका अनुसार तालिममा करिव ६५ दिन सम्म तालिम सञ्चालनमा रहेको जनाईन् ।

साथै तालिम लिएर योग्य बेनको स्थानीय कृषकहरुलाई (ओरेक)द्धारा वृक्षा रोपको लागि बकाइनो,निम, हर्रो, सुपारी जस्ता विरुवाहरु वितरण गरेको आयोजकले जनाएको छ । स्थानीय कृषहरुले आफुले उव्जनी गरको कृषि योग्य फलफुल, र अन्य कृषी सम्बन्धी जानकारीको अभिलेख राख्नको लागि यस कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।