
पूर्णपुष्टि, ६ जेष्ठ ।
बेलका नगरपालिकामा स्थानीयहरुले चार ओटा सवारीमाथी आगजानी तथा तोडफोड गरेको छ । शुक्रबार बेलका नगर ४ लालबजारकी ४ बर्षिया बालिका एल्जिना राना मगरलाई टिपरले ठक्कर दिदाँ मृत्यु भएका थिए । सोही घटनालाई लिएर त्यहाँको स्थानीयहरु आक्रोशित बनेका थिए । टिपर साउ कमल खड्काका अनुसार ठक्कर दिने टिपर सुरक्षित रहेको र निर्दोष टिपरहरुलाई तोडफोड तथा आगजानी गरेको जनाए । ना १ क ९३५८ र म प्र ०३.००१ प ०१३४ नं को निर्दोष टिपर, चौदण्डीगढीको एक दमकल र बेलका नगरका एक ट्याँङकर पनि तोडफोड भएको खड्काले जनाए ।
