Thursday, April 30News That Matters

बेलायतका राजा चाल्र्सद्धारा राज्याभिषेकमा अमेरिका गएका छोरा–बुहारीलाई निम्तो

पूर्णपुष्टि, फागुन २२ । बेलायतका राजा चाल्र्सले मेमा हुने आफ्नो राज्याभिषेकमा अमेरिका गएका छोरा–बुहारीलाई निम्तो दिएका छन् । बेलायत छोडेर अमेरिकामा बसिरहेका चार्ल्सका कान्छा छोरा ह्यारी र बुहारी मेघनलाई राज्याभिषेकमा बोलाईएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

राजा चाल्र्सको राज्याभिषेक समारोहमा ह्यारी र मेघन उपस्थित हुने वा नहुने भन्ने टुङ्गो लागिसकेको छैन् । ह्यारीले आफ्नो आत्मकथा ‘स्पेयर’ सार्वजनिक गरेपछि बेलायती राजपरिवार र ह्यारी–मेघन सम्बन्धमा तिक्तता आएको थियो । केही दिन अघि ह्यारी र उनकी पत्नी मेघन मार्कललाई बेलायतमा रहेको उनिहरुको घर खाली गर्न भनिएको द गार्डियनले जनाएको छ ।

ह्यारी र मेघनका एक जना प्रवक्ताले बेलायती राजपरिवारले उनीहरूलाई विन्डसर क्यासलनजिकै रहेको फ्रगमोर कटेज खाली गर्न भनेको बताएका छन् । खाली गर्न लगाईएको भवन १७ औं शताब्दीमा बनेको बताइन्छ । बेलायतका राजा चार्ल्सले पनि यो कुरालाई स्वीकृति दिएका छन् । खाली गर्न भनिएको घर अहिले राजकीय पदमा नरहेका राजकुमार एन्ड्रुलाई दिइएको बताएको छ ।