Friday, May 15News That Matters

ब्राउनसुगर सहित २ जना पक्राउ

पूर्णपुष्टि, माघ १३  भोजपुर नगरपालिका–१० बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केरावारी गाउँपालिका–१० का २९ बर्षीय सुमन तामाङ र धर्मदेवी नगरपालिका–५ का ३७ बर्षीय दल बहादुर तामाङ रहेका छन् ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीको टोलीले उनिहरुलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।