
पूर्णपुष्टि, असोज १
मोरङ मिकल्लाजुङ गाउपालिका ५ का ४३ बर्षीय जगत बहादुर लिम्बुलाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । हिजो दिनको पौने ४ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई उनकै घरमा लुकाई छिपाई राखेको २ नाल भरुवा बन्दुक सहित पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुको थप अनुसन्धान भईरहेको छ ।
