Monday, April 20News That Matters

माछा मार्न हिडेकी महिला मृत अवस्थामा

गाईघाट/पुष,२७

माछा मार्ने भन्दै हिडेकी त्रियुगा नगरपालिका १२ बस्ने सुन्तली बोटे आइतवार त्रियुगा र बरुवा खोलाको दोवानमा मृत अवस्थामा फेला परेकी छिन् । लाल बहादुर बोटेको श्रीमती अन्दाजी ३३ बर्षकी सुन्तली बोटे मृत अवस्थामा फेला परेकी थिइन ।

शुक्रबार १० बजेको समयतिर माछा मार्न भनी हिडेकी बोटे साँझ बेलुका सम्म घर नआएपछि खोजतलास गर्ने क्रममा आइतवार खोलाको दोवानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय उदयपरले बताए । उक्त लासलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले बताएको छ ।

महिला अत्यादिक चिसोको कारण मरेको हुन सक्ने अनुसन्धानले देखाएको छ । महिलाको अन्य कुनै पनि चोटपटक नभएको प्रहरीले बताएको छ ।