
पूर्णपुष्टि, ८ कार्तिक ।
गाईघाटको मदन भण्डारी आँखा अस्पतालले चेमनागृह, स्तनपान कक्ष र र्याम्प स्थापना गरेको छ । जेष्ठ नागरिक र शारिरक अपाङ्गता भएका व्यक्तिहरुलाई हिड्डुल सहजका लागि र्याम्प, सेवा लिन आउने विरामी र कुरुवा, कर्मचारीहरुका लागि चमेना गृह र अस्पतालमा आउने साना नानिवावुहरुका लागि स्तनपान कक्ष निर्माण गरिएको हो ।
उक्त संरचनाहरु स्थापना गर्न सानिमा बैँक गाईघाट र सानिमा लाईफ इन्स्योरेन्स गाईघाटले ३० लाख आर्थिक सहयोग गरेको हो । बँैक र इन्स्योरेन्सको सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत सानिमा बैँकले १५ र सानिमा लाईफ इन्स्योरेन्स कम्पनीबाट १५ गरी ३० लाख सहयोग गरेको हो । उक्त सहयोगले अस्पताललाई थप सहज र सेवा थपेको अस्पताल संञ्चालक समितिका सभापति भागवत राउतले जनाए । नेत्र ज्योति संघ मदन भण्डारी आँखा अस्पताल, सानिमा बैँक र सानिमा लाईफ इन्स्योरेन्स सँग सँगै भन्ने नाराका साथ यो कार्यक्रम भएको हो । बिहिबार अस्पतालको आयोजनामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा बैँक र इन्स्योरेन्सको सामाजिक उत्तर दायित्वका सहयोग रकमले थप संरचनाहरु निर्माण गरी सेवालाई थप सहज बनाएको राउतले बताए ।
