
पूर्णपुष्टि,असार १० । मदन भण्डारी फाउण्डेशन उदयपुरको अध्यक्षमा विकास बन्जरा सर्वसम्मत चयन भएका छन् । फाउण्डेशनले जिल्लाको गाईघाटमा आयोजना गरेको दोस्रो अधिवेशनबाट विकास बन्जराको अध्यक्षतामा ११ सदस्य रहने गरी नयाँ कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनबाट उपाध्यक्षमा सीता पौडेल, सचिव सुरेन्द्र बस्नेत, उपसचिव दिनेश परियार, कोषाध्यक्ष किशोरी हुजदारलाई सर्वसहमत चयन गरिएको हो । यता सदस्यहरुमा क्रमस बौवा बस्नेत, कृष्ण नेपाली, शुसिला वि।क।, डिक बहादुर राउत, बाला खतिवडा र तिर्थ दनुवार लगायत रहनु भएको छ । फाउन्डेसनले जिल्लाका आठ ओटै पालिकाबाट एक–एक जना सदस्य चयन गरेर १९ सदस्य पूर्ण कार्यसमिति निर्माण गरिने नवनिर्वाचित अध्यक्ष विकास बन्जाराले जानकारी दिनु भयो ।
नवनिर्वाचित उदयपुर जिल्ला कार्य समितीको भावी रणनीतिहरु तयार गरेको छ । जसमा सबै पालिकामा पालिका स्तरको कार्यसमिती गठन गरि पालिका स्तरमा संजाल विस्तार गर्ने ।
२. जबज ब्याख्याताहरुबाट जबज वारेमा युवा बिद्यार्थीहरुलाई प्रशिक्षण कार्यक्रम संचालन गर्ने ।
३. बिपन्न उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन कार्यक्रम संचालन गर्ने ।
४. सामाजिक क्षेत्रमा आम नागरिकको जीवनलाई मदन भण्डारीको विचारसँग एकाकार गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, साहित्य, संस्कृति र अर्थतन्त्रको क्षेत्रमा छलफल, अन्तक्रियाका साथै नीतिगत वकालत र जनहितकारी विभिन्न अभियानहरू सञ्चालन गर्ने ।
५. जननेता मदन भण्डारीको जन्मोत्सव र स्मृतिमा बिभिन्न कार्यक्रमहरु संचालन गर्ने रहेको छ ।
