
पूर्णपुष्टि, जेष्ठ २९ । सरकारी समित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले राजिनामा दिएको झुटो समाचार प्रसारण भएको भन्दै उदयपुर सिमेन्ट उद्योग व्यवस्थापन समितिकोे गम्भिर ध्यानाकर्षण भएको छ ।
उधोगका नायव महाप्रवन्धक महेश प्रसाद शाहले जेठ २८ गते निकालेको विज्ञप्ती भनिएको छ ‘जेष्ठ २२ मा कुल बजेट मध्ये हाल लाई १५ करोड रुपैया यही जेष्ठ मसान्तसम्म ऋण उपलब्ध गराउन माननीय उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालज्यू समक्ष अनुरोध गरिएको थियो । सो १५ पृष्ठको अनुरोध पत्रमा यदि उक्त समय भित्र न्यूनतम माग भएको रकम दिएर उत्पादन वृद्धि गर्न सहयोग नगर्ने हो भने म जस्तो प्रोफेसनल व्यक्तिलाई अल्मल्याएर नराख्न र आफू पनि मार्ग प्रशस्त गर्न तयार रहेको व्यहोरा महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले गराएको अनुरोध पत्रलाई राजीनामा मानी विभिन्न संचार माध्यमबाट गोपी कृष्ण न्यौपानेले महाप्रबन्धक पदबाट राजिनामा दिएको भन्ने समाचारको खण्डन गर्दछौ ।’
‘यही राजिनामाको बिषयलाई लिएर योहो टिभीबाट प्रसारित “३० करोड नपाएपछि जिएमले दिए राजिनामा” भन्ने भिडियोमा उल्लिखित बिषय बस्तुको खण्डन गर्दछौं’ विज्ञप्तीमा उल्लेख छ । न्यौपानेले उद्योगको बिषयमा उधोग मन्त्री रमेश रिजाल समक्ष बुझाईएको १५ पृष्ठको अनुरोध पत्र पढ्न र यथार्थ समाचार सम्प्रेषण गरिदिन बिज्ञप्ती मार्फत अनुरोध गरिएको छ । २०७७ माघ अघि हुने गरेका अनावश्यक खर्चहरु कटौती गर्दै उद्योगको खरिद प्रक्रियालाई सुव्यवस्थित गर्न मात्र होइ लिलाम भै सकेको जग्गा फिर्ता ल्याउन सफल महाप्रबन्धक न्यौपानेलाई भ्रष्टाचारको आरोप लगाउने जो कोहीलाई प्रमाणद्वारा पुष्टि गर्न चुनौती बिज्ञप्ति मार्फत दिइएको छ ।
कानुनी प्रक्रिया पुरा गरी विभिन्न कमिटी बनाई संचालन समितिको निर्णय गराई खुल्ला प्रतिष्पर्धाबाट पत्र लिलाम बिक्री गरेको कुरालाई अहिले आएर महाप्रबन्धकज्यूलाई अनियमितता गर्यो भन्ने आरोप लगाउनेले सो सम्बन्धी सम्पूर्ण प्रक्रियागत कागजात हेर्न आग्रह गरिएको छ । झुठो समाचार प्रसारण गरेर महाप्रबन्धक गोपीकृष्ण न्यौपाने र यस उद्योगका आम कर्मचारीको मानमर्दन गर्ने, हतोत्साहित गर्ने जो सुकैलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिने विज्ञप्तीमा जनाईएको छ ।
पारदर्शी हिसाबले काम गरेकामाथि व्यक्तिगत लान्छना लगाई मानमर्दन गरेको प्रति खेद व्यक्त गर्दै उक्त योहो टिभीमा प्रसारित सामागीको पुष्ट्याई तथा प्रमाणित गर्न सम्बन्धित सबैलाई चुनौती दिएको छ । यसरी झुठा समाचार सम्प्रेषण गरेर महाप्रबन्धक गोपीकृष्ण न्यौपाने र यस उद्योगका आम कर्मचारीको मानमर्दन गर्ने, हतोत्साहित गर्ने जो सुकैलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिने व्यहोरा समेत विज्ञप्ति मार्फत सम्बन्धित सबैमा अनुरोध गरेको छ ।


