
पूर्णपुष्टि, ३० असार ।
नेकपा माओवादी केन्द्र त्रियुगा नगरपालिकाले पहिरो पिडितहरुलाई राहत सामाग्री सहयोग गरेका छन् । त्रियुगा नगरपालिका १५ स्थित तोरीबारीका २० घर परिवारलाई राहत सहयोग गरेको हो । २५ गते अविरल बर्षाले पहिरो गएपछि बस्तीनै जोखिममा छ । यस अवस्थालाई मध्यनजर गरी जोखिम परिवारलाई रानिवास मावि विद्यालयमा स्थान्तरण गरिएको वडा अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए । पार्टीले ७० हजार बराबरको राहत सामाग्री पिडितहरु रहेकै स्थलमा पुगेर हस्तान्तरण गरेको हो । १५ बोरा चामल, २ बोरा दाल, १५ बोरा भुजा, ५ काटुन खाने तेल, १ बोरो नुन, १५ काटुन चाउचाउ, २ काटनु बिस्कुट, नुहाउने र लुगा धुने ३० ओटा सावु गरी ७० हजार बराबरको सामाग्री प्रदान गरिएको हो ।

उक्त सामाग्री प्रदेश सांसद सम्झना तामाङले वडा अध्यक्ष गणेश तिमिल्सिनालाई हस्तान्तरण गरेको छ । पिडितहरुले भने उचित व्यवस्थापनको लागि दिर्घकालिन बास र गाँसको माग गरेको छ । बिस्थापित परिवारलाई दिर्घकालिन स्थापित गर्न उनिहरुले सरकार सँग माग गरेको छ । सरकार सँग पार्टी, संघ संस्था, व्यपारी व्यवसायीहरुलाई पनि सहयोगको अपेक्षा गरेको छ । उक्त पहिरोमा परी ८ बर्षिया पूर्णकला मगरको ज्यान गएको छ भने घाईते आमा हिरामायामगरको भने जिल्ला हस्पिटल उदयपुरमा उपचार भैरहेको छ । अन्य २० घर भने उच्च जोखिममा छ ।
जोखिम परिवारलाई रानिवास माविमा राखिएको छ । वडा अध्यक्ष तिमिल्सिनाले ५५ घर परिवारलाई राहत सामाग्री आवश्यक रहेको जनाए । त्यसका लागि सरकार तथा सम्पूर्ण संघ संस्थाहरुले सहयोग गर्नु पर्ने जनाए । उनले आफ्नो वडा सरकार दिनरात पिडितहरुको संरक्षणमा लागिरहेको हुँदा सबैले हातेमालो गर्नु पर्ने उनको भनाई छ । यता प्रदेश सांसद तामाङले आफु पूर्ण रुपमा पिडितहरुको लागि पहल गरिरहेको जनाईन् । उनले घटना भएकै दिन आफ्नो तर्फबाट भन्नु पर्ने र गर्नु पर्ने स्थान र निकायहरुमा लागि परिरहेको जनाईन् । प्रदेश सरकारको तर्फबाट गर्नु पर्ने सबैखाले सहयोग उपलब्ध गराउने तामाङले जजनाईन् । उनले त्यसका लागि पिडित परिवारहरुको मुचुल्का र आवश्यक कागजातहरु छिटो तयार पार्न निर्देशन समेत दिईन् ।

